Wednesday 29 April 2015

चीनले ८ वटा हेलिकोप्टर दिन्छु भन्दा सरकारले चाहिँदैन भन्यो......

चीनले ८ वटा हेलिकोप्टर दिन्छु भन्दा सरकारले चाहिँदैन भन्यो

गाउँमा राहत लैजान खोज्दा सामाजिक संस्थाले हेलिकोप्टर पाएनन्



Army-Helicopter१७ वैशाख, काठमाडौं । भूकम्प पीडितलाई गाउँगाउँबाट उद्दार गर्न एवं राहत सामाग्री गाउँ गाउँमा पुर्‍याउन हेलिकोप्टरको ठूलो अभाव भइरहेको छ । यसैवीच चीनले ८ वटा ठूला हेलिकोप्टर उद्दारका लागि दिने भनेकोमा नेपाल सरकारले आवश्यक छैन भन्ने जवाफ दिएपछि चिनियाँ अधिकारीहरु असन्तुष्ट बनेका छन् ।
‘अघिल्लो दिन नेपाल सरकारले अनुमति दिएको थियो, तर एक रात बितेपछि आवश्यक छैन भन्ने जवाफ दियो,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘भारतीय हेलिकोप्टर देशका कुना-कुनामा निर्वाध उडिरहे पनि आफूहरुले सहयोग गर्न खोज्दा अनुमति नदिएको भन्दै चिनियाँहरु रुष्ट बनेका हुन् ।’
भूकम्पको निहुँमा नेपाल अघोषितरुपमा भारतीयहरुको कब्जामा परेको गुनासो चिनियाँ दूताबासका अधिकारीहरुले गर्न थालेको स्रोतले बतायो ।
चिनियाँ हेलिकोप्टर अस्वीकार गरिए पनि भारतीय हेलिकोप्टर  नेपाली आकाशमा निर्वाधरुपमा चलेका छन् । भारतीय हेलिकोप्टर आफ्ना पत्रकार बोक्ने र प्रचारवाजी गर्ने कार्यमा बढी खटिएको गुनासो आउन थालेको छ ।
त्रिभुवन विमानस्थलमा नेपाली पत्रकारलाई पस्न दिइँदैन । तर, भारतीयहरु विमानस्थलभित्रै अड्डा जमाएर बसेका छन् । उनीहरुलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले जस्तोसुकै सम्वेदशनशील ठाउँको पनि फुटेज लिने अनुमति छ, जुन अनुमति आफ्नै देशका सञ्चारमाध्यमलाई पनि छैन ।
हेलिकोप्टरको अभाव

भूकम्प पीडितलाई राहत पुर्‍याउन र अलपत्र परेकाहरुलाई उद्दार गर्न हेलिकोप्टरको समस्या परिरहेको छ । बिभिन्न सामाजिक संस्थाहरूले गाउँमा कम्मल, चिउरा लगायतका सामाग्री लैजानलाई सरकारसँग हेलिकोप्टर मागेको तीन दिन बितिसक्दा पनि सरकारले उपलब्ध गराउन सकेको छैन ।
अन्य विभिन्न सामाजिक संघ संगठनहरु गाउँमा राहत लैजान तम्तयार भएर बसेका छन्, तर सरकारले भने निजी कम्पनीका हेलिकोप्टरसमेत उठाउने अनुमति नदिई आफैंले होल्ड गरेर राखेको छ ।
नेपाल सरकार आफू पनि गाउँमा राहत पुर्‍याउँदैन र सामाजिक संस्थाले भाडा तिरेर हेलिकोप्टरमा राहत लैजान्छु भन्दा पनि नदिई बूढो गोरुले गाई रुँगेजसरी निरीह भएर बसेको गुनासो सामाजिक संस्थाहरूले गर्न थालेका छन् ।
‘जनतालाई राहत दिन्छुभन्दा पनि सरकारले दिनेभए हामीलाई देऊ जनतामा जान पाउँदैनौ भनिरहेको छ’ एक सामाजिक संस्थाका पदाधिकारीले अनलाइनखबरसँग भने, ‘सरकारले यो के गरेको हो ? हामीलाई अचम्मै लागेको छ ।’

Friday 27 March 2015

सवाल-जवाफ गजल....

सवाल-जवाफ गजल

 गाऊँबस्ती बिर्स्यौ सानु प्रवासमा डुल्न थाल्यौ

दुई दिनको मोजमस्ति घरको दुःख भुल्न थाल्यौ।

                                         -चन्द्री मोक्तान खुशी

घरदेश बिर्सी प्रवासमा डुल्नु पर्ने बिवशता यो
रहर होइन,क्षणिक खुशी भुल्नु पर्ने बिवशता यो
                                           -विक्रम अर्पण

खरको छानो संगै दुःखका दिन फेर्छु भन्थ्यो,
अठोट तोडी पराइ संस्कारमा घुल्न थाल्यौ।    
                                        -चन्द्री मोक्तान खुशी

चुहिएको खरको छानो सद्दे बनाई आउनेछु म,
बिर्स्या होइन,केही पल घुल्नु पर्ने बिवशता यो
                                          -विक्रम अर्पण

धनको थुप्रो बोकी ल्याउने सपना थाती राखी,
इज्जत सम्मान भन्द बेइज्जतले चुल्न थाल्यौ।
                                        -चन्द्री मोक्तान खुशी

धनको थुप्रो प्रवासमा नि कहाँ पाईदो रै"छ सानू,
भुल्या छैन ईज्जत आफ्नो खुल्नु पर्ने पर्ने बिवशता यो
                                            -विक्रम अर्पण

आफैमा छैनौ सचेत एक अर्कमा लगाई खोट,
प्रवासीले हेला घृणाको बगैचामा फुल्न थाल्यौ।
                                -चन्द्री मोक्तान तामाङ"खुशी"
                               अत्तरपूर-पाँच,सिन्धुपाल्चोक।

गुण, बैगुन हरचिजको हुन्छ नि त बुझ तिमी,
अठोट गर्छु, सत्यतामा फुल्नु पर्ने बिवशता यो
                                       #अर्पण
                                  प्राङ्बुङ्ग पाँचथर

Thursday 22 January 2015

मुक्तक संग्रह प्रकाशन बारे सूचना......

सुचना! सुचना!! सुचना!!!

प्रवासी कलम मलेसियालेभर्खरै सफलताको साथ 103
जना गजलकारहरुलाई समेटेर संयुक्त गजल संग्रह "सामुन्द्रिक छल्का" प्रकासन गरी सकेको कुरा त यहाहरु सबैलाई अवगत भएकै कुरा हो,, र यो सफलताको को सिंढी उक्लदै गर्दा पुन दोश्रो कोशेली १४ अञ्चल ७५जिल्लालाई समेटेर लगभग २२२ जनाको पृथक
ढङ्गको संयुक्त मुक्तक संङ्ग्रह प्रकाशन गर्ने तयारी गरि रहेको छ ।

संसारको जुनै देसमा रहेर नेपाली साहित्यमा कलम चलाई रहनु हुने सम्पुर्ण मुक्तकिलो मनहरुको मुक्तक समेटिने छ यो संग्रहमा । तर सर्बप्रथम हाम्रो कार्य समितिमा पहिलाको धेरै साथीहरु मलेसियाको करार अबधी सकेर नेपाल फर्कि सक्नु भएकोले गर्दा समितिमा अहिले सदस्यको कमि भएको छ । त्यसैले मलेसियामा बसेर नेपाली साहित्यलाई अगाडि बढाई रहनु भएका सपुर्ण साहित्य मनहरुलाई हाम्रो"प्रवासी कलम मलेसियामा" आएर एउटा परिवार भएर हातमा हात मिलाएर यो हाम्रो अभियानलाई सफल बनाउनु हुन अनुरोध गर्दछौ ।

यदि हजुरहरु मलेसियामा बसेर नेपाली साहित्यलाई माया गरि रहनु भएको छ भने र हाम्रो सस्थाम आबद्द हुन चहानु हुन्छ भने निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्नु हुन अनुरोध गर्दछौँ ।
१ दिपेन्द्र"अश्रुमाली"
01116563310
२ शिव सुवेदी
0164231714
३ रतन राज पुन मगर
+60102617506
४ वाङ्जु वाइवा
01141393829
५ प्रदिप राई"अभि"
0183959320
६ बिप्लब तेन्जु योन्जन
0146143654
७ प्रकाश "पुस्पक' राई
0149657634
८ हरि हर कडेल
01136524199
९ दान राज'झरी'
01127238512
१० महेन्द्र मिश्र'जुडास'
01116960868
११ देब बिरही
0167599451
१२ जलन'समर्पण'
01136363679
१३ प्यासी चाम्लिङ
..... ..... ...... ....
१४ मनिस 'गाउले'
0182472487
१५ बिजय महतरा
01129110553
१६ पारस खनल
01116178055

मुक्तक
रुडि बादी परम्परा साहित्यले छेकिने छ ।
कस्को दुख कस्को सुख ऐना सरि देखिनेछ ।
आउ साथी साहित्यलाई माया गरौँ सबै मिलि ।
आजको यो माहान कार्य इतिहासमा लेखिने छ ।

Wednesday 21 January 2015

फ्रेन्डसिप धमाका चार मच्चाउन मलेसियामा चर्चित गायक प्रमोद खरेल.....

फ्रेन्डसिप धमाका चार मच्चाउन मलेसियामा चर्चित गायक प्रमोद खरेल

मलेसियामा हरेक वर्ष चाइनिज न्यूइयरमा भइरहरने फ्रेन्डसिप धमका कार्यक्रममा यो पटकको फ्रेन्डसिप धमका चार मच्चाउनु चर्चित गायक प्रमोद खरेल आउँने पक्का भएको छ । पुराना श्रष्टालाई सम्मान र नयाँ पुस्तालार्ई प्रोत्साहन दिने उद्धेश्यका साथ हुने उक्त साँगितिक कार्यक्रममा नेपालका विभिन्न बिधाका ख्याती प्राप्त कलाकारहरु मध्य चर्चित गायक प्रमोद खरेल ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा …’ गीतका गायकले पोखराको मात्र हैन मलेसियामा समेत को वीना को मुस्कील हुन्छ सुन्न र भरपुर मनोरन्जन दिने भएका छन् । त्यसै गरी ‘उसले जति माया तिमलाई मैले पनि दिन्थे होला… ….’ अव मलेसियामा रहेको समस्त नेपालीलाई को कस्लाई कति माया गर्नुहुन्छ त्यो सुन्न र हेर्न बाकीनै रहेको छ । त्यति मात्र हैन प्रत्यक्ष भेट भएर ‘तिमी संग नजर जुधाई ….’ को सँग नजार जुधाउँनुहुन्छ ? नजर जुधाउनु समेत मलेसिया आउने भएका छन् । फरवरी १९ बाट २२ गते २०१५ (फाल्गुन ७—११) सम्म हुने उक्त बिशाल साँगीतीक कार्यक्रममा गायक खरेल मलेसिया आउने कार्यक्रम सँयोजक कृष्ण पुलामीले जानकारी दिनुभएकोछ । राजधानी क्वालालम्पुर बाहेक नेपालीहरुको बाहुल्यता रहेको मुख्य–मुख्य शहरमा कार्यक्रम सञ्चालन गरिने आयोजक तथा धमाका सँयोजक पुलामीले बताउनु भयो । सँयोजका अनुसार फरवरी १९ जोहरबारुको पासिगुराङ् २० तारिक पेनाङ् साथै क्रमश २१ तारिक मुहार र २२ तारिक बातुपाहातमा कार्यक्रम हुने आयेजकले बताएको छ । यो चौथोपटक भब्यरुपमा मलेसियामा हुन गइरहेको कार्यक्रमका लागी प्रवासी शन्देस साप्ताहिक पत्रिका र साझा सवाल अनलाईन खबर मिडिया पार्टनर रहेका छन् ।

Monday 19 January 2015

सुदीप डल्लाकोटी का ५ गजलहरु

गजल १

मायाको बहस हुने अदालत हुने भए
कार्बाही स्वरुप सर्बस्व जफत हुने भए

हर्जना उन्ले पक्कै धेरै तिर्नु पर्थ्यो होला
यो दिलमा मायाको ठुलो खत हुने भए

लाउदै छोडदैन थियो होला कसैले पनि
छोड्नेलाई सार्है आपत बिपत हुने भए

मैले पनि रङिन सन्सार बनाउथे होला
सानो तिनो कुरामा उनि सहमत हुने भए

गजल २

आमाले छोरालाई चिन्यो ज्यानमारा बाट
पहिला पनि बिचलित भाथ्यो पारा बाट

असको नाम्मा घरमा खुकुरी बोकेर हिड्दा
पटक पटक डर भाथ्यो बाबुलाई नारा बाट

बा-आमा प्रती पट्क्कै दया देखिएन यहाँ
बा-आमाको दिन बित्यो आसुको धारा बाट

आमाको सिउदोको सिन्दुर खोसिएको कुरा
बाबुको हत्या भाथ्यो खुकुरिको सहारा बाट

गजल ३

तिमी छौ र मेरो, सारा संसार छ
माग मेरो यो प्राण्,दिन तयार छ

माग मात्र एक चोटि, मागी हेर
मुटु झिकेर दिन्,मलाई हतार छ

बिश्राम लिएको छैन,मैले पट्क्कै
दिलमा सन्चित माया,अपार छ

लुकाएको छैन मैले,छुपाएको छैन
टोल छिमेक, दुनियालाई प्रचार छ

गजल ४

देख्नै छौ धुवा तिम्ले, खुल्ला ति आकाशमा
मलाई लादा डोली चडाई, हरियो त्यो बासमा

सयौ जुन बाच्नु तिमी,हासी खुशी सधै भरि
नझार्नु है आसु तिम्ले,सास बिनाको लासमा

आसु थेक्न सकिएन्,आफ्नै आखा रसाएर
खेलबाड गर्यौ छुरा रोप्यौ,एक मुठी सासमा

खोज्या जस्तै रोज्या जस्तै, मैले यहाँ गरीदा
मृत्यु रोजे, स्वर्ग रोजे,तिम्रै सानो प्रयासमा

गजल ५

आफ्नै जिन्दगी नै निरास लाग्छ मलाई
पात झारेको बोट झै उदास लाग्छ मलाई

पालुवा देखिन मैले आफ्नै जिन्दगीको
छटपटिमा बाचिराको लास लाग्छ मलाई

मर्नु भन्दा बौलाहा हुनु बेस हुन्छ भन्छन्
अ्मृत भन्दा जहर नै प्यास लाग्छ मलाई

यती प्यारो हुँदैगाछ मृत्यु पनि आज भोली
बाच्नु भन्दा मर्नु नै खास लाग्छ मलाई

-सुदीप डल्लाकोटी
भण्डारा,चितवन

Saturday 17 January 2015

विक्रम अर्पण का ४ गजल हरु......

गजल-१

ओइलाएर फुल त्यसै झरेपछी चाल पाउँछौ 
बुझ्दैनौ,माया यो मै मरेपछी चाल पाउँछौ। 

पैले हामी सँगै रहि घण्टौ सम्म बात गर्थ्यौँ, 
मलाई घात,उता त्यस्तै परेपछी चाल पाउँछौ। 

के भुल भो?क्षण भरमै टाढिएर गयौ, 
खुशीका रङ्ग आँशु बीच छरेपछी चाल पाउँछौ। 

दौलतमा बाँधियौ कि निमेशमै भङ्ग होळा, 
आश्वाशन मात्र दिई तरेपछी चाल पाउँछौ। 

चाहे मलाई घृणा गर, म त आफ्नै मुटु ठान्छु, 
पत्तै नपाई त्यो मन अन्तै सरेपछी चाल पाउँछौ। 

गज़ल २

चर्को घाम पर्छ अनि मलाई सम्झंछौ
जब काम पर्छ अनि मलाई सम्झंछौ 

कहाँ रहन्छौ,अरुबेला अलपत्रै हुन्छौ,
दु:ख लाम पर्छ अनि मलाई सम्झंछौ 

औकात भन्दा आँट ठुलो कहाँ पूर्ण हुन्छ?
बढ्ता दाम पर्छ अनि मलाई सम्झंछौ 

सुख बाड्छौ अरु सामु दु:ख मेरो जिम्मा,
आँशु नाम पर्छ अनि मलाई सम्झंछौ 

भेटे पनि नदेखे झैँ तर्किएर हिड्छौ,
साथ हराम पर्छ अनि मलाई सम्झंछौ 

तिम्रा स्वार्थि साथहरु के-का लागि म मा?
धोका आम पर्छ अनि मलाई सम्झंछौ 

गज़ल ३

सत्य मै हुँ, राम मै हुँ रवाफ दिन्छन् अहो!
खुट्टा तान्दै साथि मै हुँ जवाफ दिन्छन् अहो!

बढाएर आत्मियता क्षण भरको लागि,
आखिरीमा अड्काएर धराप दिन्छन् अहो!

यो गर्छु म,त्यो गर्छु म भन्थ्यो हिजो सम्म,
जित्यो अनि के दियो र?बिलाप दिन्छन् अहो!

प्रचार-प्रसार निकै छ, निषेधित सबै, 
गर्नहुन्न त्यै काममा लगाव दिन्छन् अहो!

हिजो सम्म माया गर्छु,तिम्रै हुँ भन्ने,
लगानी पो पुगेन रे तनाव दिन्छन् अहो!

सफल भए कोहि खुट्टा ताने समाज,
मुखमा शुभ मनले सराप दिन्छन् अहो!

गजल ४

कोलाहल र हिंसा छर्छन् टायर जलाएर
यो भएन बिरोध गर्छन् टायर जलाएर

के सुन्लान् र सदनका ती ठुला मुखेहरुले?
मर्कामा त जनता पर्छन् टायर जलाएर

चाहियो रे टिष्टा अनि काँगडाका भुमि ,
दशगजाका सिमा सर्छन् टायर जलाएर

बिपत्ति , बिकास नाममा चन्दा उठाएर,
आखिर आफ्नो पेट भर्छन् टायर जलाएर।।।

मानन्धर अभागी का १२ गजलहरु.......

 ~ © मानन्धर अभागी ।

~~~~~~~~~~ गजल ~०१

भट्टीमा बसी सँगै पिउँदा गुरु बा नि यार भो
आज पनि बुढीसँग मेरो मारामार भो

आमा भन्न सुहाउने मात लागेपछि तरुनी
पिउने र पिलाउने साहुनीसँग प्यार भो

पिउँदिन भन्छु अब मनले मान्दै मान्दैन
सुन्दर मेरो महल आज कारागार भो

प्यालाभरी यो जिन्दगी सँधै तैरी रहेछ
पिउँदा पिउँदै एक्लियो जिन्दगीनै भार भो

खल्ती खाली भएपछि साहुनी पनि दुश्मन भो छाडीजाने श्रीमतीको आज यादगार भो
~~~~~~~~~~~ गजल ~०२

कस्तो विभत्स काटमार जय होस् गढीमाई
तिम्रो लीला अपरम्पार जय होस् गढीमाई

कस्तो निर्दयी रहेछ कोदालो समाउने हातमा
खञ्जर र तरवार जय होस् गढीमाई

मार हान्नेपनि थाकेन भगवान् पनि अघाएन
कस्तो हो यो अवतार जय होस् गढीमाई

लाशले पहाड भयो रगतले पोखरी बन्यो
यस्तै रहेछ संसार जय होस् गढीमाई

यस्तो निन्दनीय हत्या के प्रभु प्रशन्न हुन्छौ ?
गर्नु होला पुर्नविचार जय होस् गढीमाई ।

~~~~~~~~~~~ गजल ~०३

हिजो लेखेको संविधान किन अड् किएको छ
फेरि एउटा अर्को क्रान्ति जरुरी देखिएको छ

सहमति थुप्रै गरे वार्तालाप धेरै गरे हिजो
जति तातेपनि आजसम्म चिसिएको छ

बुबाले हिजो युद्धमा व्यर्थै वलिदान दिएछ
आमाको त्यो आँखामा अझै आँशु भरिएको छ

तिम्ले कुटे जस्तो गर्नु म दुखे जस्तो गर्नेछु
आँखामा छारो हाल्दैछ यस्तै यस्तै बुझिएको छ

मेरै घरको कोठामा डेरा गरी बस्ने नेता जस्को
आज दरवार छ हीरामोति जडिएको छ ।

~~~~~~~~~~ गजल ~०४

आज म एउटा यस्तो गजल लेख्दैछु
बजारमा सवैभन्दा सस्तो गजल लेख्दैछु

सवैलाई उत्सुकता होला कस्तो गजल होला
मलाई नि था छैन कस्तो गजल लेख्दैछु

ती युगल जोडीको आज पानी बाराबार भो रे
थुनिएको कुलो खोल्ने जस्तो गजल लेख्दैछु

प्रेममा यस्तै हुन्छ मित्र कहिले मिलन त विछोड
फाटो त्यो माया जोड्ने त्यस्तो गजल लेख्दैछु

आज म एउटा यस्तो गजल लेख्दैछु
बजारमा सवैभन्दा सस्तो गजल लेख्दैछु ।

~~~~~~~~~~ गजल ~०५

स्वतन्त्र छैन अझैपनि हुने गर्छ शिकार
किन हरण गर्दैछ त्यो मानव अधिकार

आमा रोइरहेछ यहाँ भित्रभित्रै दुखेर
निष्ठुर त्यो सन्तानले पु¥याएन विचार

विरामी भै थला परेको आज वर्षौं भैसक्यो
कहिल्यै निको नहुने कस्तो होला विमार

एउटै आमाका सन्तान हाम्रा दाजुभाइहरू
आफू आफैमा झगडा गर्दैछन् वारम्वार

नयाँ कीर्तीमान राखी जहाँ इतिहास बन्दैछ
कहीँ नभाको प्रजातन्त्र यो देशमा भ्रष्टाचार

यसरी तह लाउँदैछ ती भ्रष्टाचारीलाई
धन्यवादको पात्र बन्दैछ आज अख्तियार ।

~~~~~~~~~~ गजल ~०६

न्याउली रुँदाको पीडाले मैले निधो गरिसकें
मलाई नखोज है प्रिय डेरा सरिसकें

सँधैसँधैको प्रहारले कति खप्नु त्यो चोट
डेरा सरेको भोलिपल्टै तिम्रो निम्ति मरिसकें

भँवरा न हो तिमी त चुस्नु चुसेर छाडी गयौ
फूल भएर के गर्नु र ओइलिएर झरिसकें

चौकीमा के उजुरी दिनु ? दिनु केही अगावै
तिमीहरूकै त्यो दवावमा हस्ताक्षर गरिसकें

न्याउली रुँदाको पीडाले मैले निधो गरिसकें
मलाई नखोज है प्रिय डेरा सरिसकें ।

~~~~~~~~~~ गजल ०७

आँखाभरि सपना बोकी म राजधानी आएँ
सोचे भन्दा फरक भो आएर मैले पछुताएँ

कामको खोजी शहरमा भौतारिंदा भौतारिंदै
कोठामा के भात पकाइ भो धुँवा धुलो खाँदै अघाएँ

काम मैले नपाएपछि नर्कमा लान खोजियो
यहाँको विकृतिबाट रुँदै मैले आँशु बगाएँ

काठमाण्डु राजधानी एड्स लागी सक्या रै छ
भ्रष्टाचार र यौन व्यापार सरुवा रोग था पाएँ

सतीले सरापेको ठाउँमा वर्वादी हुनु भन्दा
गाउँफर्क अभियान अबको सोच बनाएँ ।

~~~~~~~~~~~ गजल ~ ०८

आज म फेरि उस्कै करकापमा परी सकेछु
नगर्नु पर्ने सहीछाप हिजै पो गरी सकेछु 

गर्नै नहुने काम गरें आज आफै पछुताएँ
दुनिँयाको नजरबाट आज म झरी सकेछु 

उ देशकै लागि मरे आफू पैसाकै लागि मरें
उसको तुलना गर्दा धेरै पछि सरी सकेछु 

कयौंको जिन्दगी हरेर कति विधवी बनाएँ
मलाई त थाहै भएन आफ्नै आमा हरी सकेछु 

मेरो देशलाई आज सञ्चो सुविधा भएन
आज त्यो पश्चात्तापले जलेर म मरी सकेछु । 

~~~~~~~~~~~~ गजल ~ ०९

म आज आफ्नै आमाको त्यो पहिचान खोज्दैछु
म कस्को उत्तराधिकारी त्यो निशान खोज्दैछु 

अंश वण्डा गर्ने निहुँमा दाजुभाइ काटामार
घरको द्यौतानै हरायो त्यो भगवान खोज्दैछु 

भाको हिजो मूर्ति बेचे आज दिदी वहिनी बेचे
दुष्ट दाजुहरू गाड्न त्यो चिहान खोज्दैछु 

त्यो रात सहीछाप गरी विहानी अपहरण गर्यो
सूर्य उदाउन खातिर त्यो विहान खोज्दैछु 

जसले मेरो आमालाई हिजो वलात्कार गर्यो
पाँच पाण्डव विरुद्ध त्यो वयान खोज्दैछु । 

~~~~~~~~~~~~ गजल ~ १०

मैले के गर्न सक्छु र ? भाग्य यस्तै रैछ तिनाउ
जति दुर्गन्धित भएपनि , के गर्छौ सान्त्वना दिलाउ

भगवान् बुद्धको देशमा जस्तै भएनि धर्म गर्छौ
मलमूत्र मिसेपनि पवित्र सम्झेर नुहाउ

गर पालिका हुनुपर्नेमा ‘नगर’ पालिका भएछ
स्वार्थीले यसो भन्दै गर्छ त्यो कर चाहीँ बुझाउ

स्रोत साधन छ भने दवाव दिनै पर्दछ
कदापी पछि हट्नु हुन्न सवैले कदम बढाउ

विकास गर्ने पालिका , श्रीमान् महोदय ज्यू
यदि अनपढ भए सिकाउ जोड घटाउ ।

~~~~~~~~~~~ गजल ~ ११

तिमीले देख्ने मैले देख्ने सपना फरक भएनी
मिलन सँधै रही रहोस् कल्पना फरक भएनी

जसरी सम्झे पनि मन सफा हुनुपर्छ
मान्छे आखिर उहीनै हो सम्झना फरक भएनी

भोजमा देखाउनै पर्ने नक्कली होस् वा सक्कली आखिर लगाउने नै हो गहना फरक भएनी

मालिस निकै जाती रै छ मामाको त्यो घरमा
दुखाइ त एउटै हो यातना फरक भएनी

छापामा फरक फरक आफ्नै तस्वीर देखें
व्यहोरा एउटै रै छ समवेदना फरक भएनी ।

~~~~~~~~~~ गजल १२

दृष्टि विहीन यो जिन्दगी संसार अँध्यारो छ
जातीय आफ्नो राज्य देशभन्दा प्यारो छ 

भाइ फुटे गँवार लुटे नेताको यै चाहना
देश याँ निर्माणमा सँधैसँधै तगारो छ 

न संविधानको धारो न त घरको धारो बन्छ
सदन भित्र वाहिर अचम्मको धारो छ 

जुन जोगी आएपनि कानै चिरेको रहेछ
चिलिम तान्न थालेपछि यो देश बन्न गाह्रो छ 

चुनेर त पठाइसक्यो अब फेरि कस्ले रोक्यो
संविधान बनाउन किन फेरि अप्ठ्यारो छ । 

~ © मानन्धर अभागी । 

गजल

कोर्न थाल्छु गित गजल सपानीमा देखेपछी
मन रम्छ बल्ल हजुर बिहानीमा भेटेपछी।

मिठो बोली नम्र स्वभाव मधुर त्यो मुस्कानले,
अन्धो भएँ प्रतिबिम्ब नयन मेरो छेकेपछी।

हुन्छु एक्लो सानु बिनाको जिन्दगानी खडेरी झैँ,
एकोहोरो टोलाउँछु इच्छाहरू मनभित्रै बेचेपछी।

टाढा हुन दिन्न हजुर जूनी जूनी हौनी मेरै,
सक्ने छैन नाम मेट्न मुटु भित्र केरेपछी।

चन्द्री मोक्तान तामाङ"खुशी"
सिन्धुपाल्चोक!

प्रचन्डको जीवनशैली एशियाकै सवैभन्दा उच्च : द टेलिग्राफ

प्रचन्डको जीवनशैली एशियाकै
सवैभन्दा उच्च : द टेलिग्राफ

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले
एशियाकै धनाढ्यको जीवनशैली अपनाइरहेको समाचार
विश्व कै चर्चित् सञ्चार माध्यम बेलायतको टेलिग्राफ पत्रिकाले छापेको थियो ।
लामो अध्ययन, अनुसन्धान र प्रमाणपछि उक्त पत्रकाले यो तथ्य
खुलासा गरेका थिए । यसबाट एमाओवादी अध्यक्ष
प्रचण्डमाथि लागेको अरबौं रुपैयाँ भ्रष्टाचार तथा बिलासिताको आरोपमात्र
पुष्टि भएको छ । दि टेलिग्राफले
प्रचण्डको जीवनशैली खरबपतिको जस्तो भन्दै
विशेष आलेख नै छापेको थियो ।
उनको जीवनशैलीका बारेमा पार्टीभित्रै
पनि पटक पटक प्रश्न उठेपछि छानबिन समिति समेत बनेको थियो ।
टेलिग्राफमा डीन नेल्सनले लेखेका छन्, ‘पुष्पकमल दाहाल
प्रचण्ड, जो कुनै समय नेपालका राजनीतिक र
फौजी सम्भ्रान्तहरूको मुटुमा ढ्यांग्रो ठोक्ने हैसियत राख्थे
अहिले तिनै नेता खरबपतिका जस्तो शाही खानदानी
जीवनशैली अपनाइरहेका छन् ।
काठमाडौंको लाजिम्पाटमा रहेको रातो ईंटाको बिलासी घरमा
उनी बस्छन्, जहाँ उनका छिमेकी बनेका छन् उनकै
पूर्व वर्ग शत्रु जनरल शान्तकुमार मल्ल । अवकाशप्राप्त जनरल मल्ल
पूर्वराजा वीरेन्द्रका सैन्य सल्लाहकार हुन् । प्रचण्ड बस्ने
घरको कम्पाउण्डभित्र १५ वटा स्वीट रुम, अफिस र पारिवारिक
आवासगृह मात्र छैन दशवटा कार अट्ने पार्किङ छ ।
त्यहीँभित्र ब्याडमिन्टन कोर्ट पनि छ । परिवारका अनुसार
त्यो भवन प्रतिमहिना आठसय डलरमा भाडामा लिइएको छ । जुन रकम
नेपालीहरूको औसत मासिक कमाई २ सय डलरको चौबर हो ।’
यद्यपि त्यो भवन प्रचण्डले किनिसकेको बताइएको छ ।
त्यस्तै एमाओवादी पार्टीकी नेतृ
हिसिला यमी नेपालकै सबैभन्दा भ्रष्ट महिला भएको समाचार
पनि सार्वजनिक भएको छ । यी समाचार नेपालका संचारमाध्यमले
वा एमाओवादी बिरोधीहरूले प्रवाह गरेका होइनन् ।
विश्वकै चर्चित र तथ्यमा आधारित समाचार तथा बिचार प्रवाह गर्ने चर्चित
अमेरिकी अखवार न्युयोर्क टाइम्स र बेलायतको टेलिग्राफ
पत्रिकाले लामो अध्ययन, अनुसन्धान र प्रमाणपछि यो तथ्य
खुलासा गरेका हुन् ।
यसबाट एमाओवादी अध्यक्ष
प्रचण्डमाथि लागेको अरबौं रुपैयाँ भ्रष्टाचार तथा बिलासिताको आरोपमात्र
पुष्टि भएको छैन, बाबुराम भट्टराई
पत्नी हिसिला यमी दक्षिण एशियाकै भ्रष्ट
महिलाको सूचीमा चढेको चर्चाले पनि सत्यता पाएको छ ।
करीव एक साताको नेपाल बसाइ र बिभिन्न
व्यक्ति तथा संस्थासँगको छलफल तथा अध्ययनपछि न्युयोर्क
टाइम्सका संवाददाताले हिसिला यमी नेपालकै भ्रष्ट
महिलामा परेको प्रष्ट पारेको छ । न्युयोर्क टाम्इसका गार्डिनर ह्यारिसले हालै
नेपाल सन्दर्भमा लेखेको विश्लेषणमूलक
समाचारमा हिसिला यमी स्वयंले आफू नेपालकै भ्रष्ट
महिला भएको आरोप लागेको र जनतालाई खण्डन
गर्दा पनि नपत्याएको स्वीकार गरेकी छन् ।
उनले विगतमा आफूहरूले धम्क्याएर, लुटेर
तथा जबर्जस्ती गरेर पैसा उठाएको भएपनि अहिले
त्यो अवस्था नरहेको र आफूहरूले
पैसा नउठाएको दावी गरेकी छन् ।
नेपालकी पूर्व प्रथम
महिला हिसिला यमीमाथि दक्षिण एशियाकै भ्रष्ट महिलाको आरोप
लागिरहेको सन्दर्भमा न्युयोर्क टाइम्सले उनैलाई सोधेको रहेछ ।
यमी भन्छिन् ‘तपाईहरूले अखबरहरू हेर्नुभयो होला,
मान्छेहरूसँग कुरा गर्नुभयो होला मलाई नेपालकै भ्रष्ट महिला भन्छन् ।
मैले त्यसो होइन भनेर जनतालाई भन्दा पनि उनीहरू
पत्याउँदैनन्’। त्यसो त यमीलाई काठमाडौं ७ का मतदाताले भोट
माग्न जाने क्रममा भ्रष्टाचारी भनेर दुत्कारेपछि उनले कान
समातेर माफी समेत मागेको फोटो नै सार्वजनिक भएको छ ।
हिसिला यमीले आफू मन्त्री हँुदा भन्दा पति बाबुराम
भट्टराई प्रधानमन्त्री हुँदा करोडौं रकम जम्मा गरेको आरोप
लाग्ने गरेको छ । प्रहरी हवल्दार सरुवा गर्दा समेत घुस
लिएकोदेखि प्रहरीका ठूला हाकिमको सरुवा बढुवामा करोडसम्म
असुलेको आरोप उनीमाथि छ । त्यतिमात्र होइन बिभिन्न
संस्थानका हाकिम नियुक्तिमा पनि उनले लाखौं रुपैयाँ असुलेको र
पैसा बिना कार्यकर्ताको कामसमेत नभएको भनेर त्यतिबेलै
एमाओवादीमा चर्को कुरा उठेको थियो ।
यही बिषयलाई न्युयोर्क टाइम्सले
पनि अनुन्सधानको दायरामा राखेको थियो । हालै
केही नेपाली संचारमाध्यमले हिसिलालाई दक्षिण
एशियाकै भ्रष्ट
महिलाको सूचीमा राखेपछि उनको चर्चा चुलिएको हो । तर
हिसिलाको स्पष्टीकरण भने यस्तो रहेछ ‘मान्छेहरू मलाई
भ्रष्ट भन्छन्, मसँग करोडौं रुपैयाँ छ, कार र बंगला छन् भनेर सोच्छन् ।
मैले मेरो पति प्रधानमन्त्री हुँदा सघाएकी हुँ तर
मान्छेहरूले पैसा उठाई भने ।’

 
Toggle Footer